ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २० हजार करोड लगानी गर्दै हुण्डाई – Nepal Press

ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २० हजार करोड लगानी गर्दै हुण्डाई

काठमाडौं । दक्षिण कोरियाली अटो कम्पनी ‘हुण्डाई’ले भारतको तमिलनाडु राज्यमा ईभी इकोसिस्टम विकास गर्न २० हजार करोड लगानी गर्ने भएको छ ।

कम्पनीले १० वर्षको अवधिमा चरणबद्ध रूपमा २० हजार करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारी साधनहरू र वाहन प्लेटफर्मको आधुनिकीकरणमा थप प्रवेश गर्ने जनाइएको छ ।

उक्त कार्यका लागी उन्सू किम, एमडी एण्ड सीइओ, हुण्डाई मोर्टस क्ष्न्डिया र भी विष्णु, आईएएस, एमडी र सीईओ, गाइडेन्स तमिलनाडु बीच तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनको उपस्थितिमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रममा उन्सू किमले भने, ‘हाम्रो दीर्घकालीन दृष्टिकोणको एक भागको रूपमा, हामीले तमिलनाडुलाई भारतमा हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारको रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएका छौं । यसले हामीलाई हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न र हाम्रा गाडीहरूमा उत्कृष्ट सुविधाहरू र प्रविधिहरू प्रदान गर्न मद्दत गर्नेछ जसले हाम्रो ग्राहकको आकांक्षालाई पूरा गर्नेछ ।’

त्यस्तै, कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने लक्ष्य राखेको छ। हुन्डाईले एक लाख ७८ हजार ब्याट्रीहरू जम्मा गर्न वार्षिक क्षमताको ब्याट्री प्याक एसेम्बली इकाई स्थापना गर्ने बताएको छ ।

५ वर्षको अवधिमा प्रमुख राजमार्गहरूमा प्रमुख स्थानहरूमा एक् सय ईभी चार्जिङ स्टेशनहरू स्थापना गर्नेछ। यसमा ५ डुअल अल्ट्रा(फास्ट चार्जिङ स्टेसनहरू १० सिंगल फास्ट चार्जिङ स्टेशन र ८५ एकल फास्ट चार्जिङ समावेश छन्रहेका छन ।

हुन्डाई मोटर इन्डियाले कुल उत्पादन मात्रालाई वार्षिक ८ लाख ५० हजार युनिटमा पुर्याउनेछ र श्रीपेरुम्बुदुरमा रहेको आफ्नो कारखानाबाट नयाँ विद्युतीय र आईसीई सवारी साधनहरू उत्पादन गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *