नवलपरासीमा सानिमा बैंकको नयाँ शाखा विस्तार – Nepal Press

नवलपरासीमा सानिमा बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । सानिमा बैंक लिमिटेडले नवलपरासीमा नयाँ शाखा विस्तार गरेको छ ।

शुक्रबार बैंकले नवलपरासीको सुनवल नगरपालिका-४ नयाँ शाखा विस्तार गरेको हो । शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।

समारोहमा मह जोडीले बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर