शरणार्थी प्रकरणमा ओली- एमालेतर्फ बाढी फर्काउन खोजियो, मेरो नजिकका व्यक्तिको नाम पोल्न लगाइयो (भिडिओ) – Nepal Press

शरणार्थी प्रकरणमा ओली- एमालेतर्फ बाढी फर्काउन खोजियो, मेरो नजिकका व्यक्तिको नाम पोल्न लगाइयो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जबर्जस्ती मुछ्न खोजेको आरोप लगाएका छन् ।

पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रममा बोल्दै उनले शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको बताए ।

‘नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउँने धन्धामा केही व्यक्ति सामेल रहेछन् । अदालतमा केस भएकाले को संलग्न छ म धेरै भन्न चाहन्नँ’, उनले भने, ‘तर, त्यसको सबैबाढी अहिले एमालेतर्फ फर्काउन खोजियो। मिडिया सामाजिक सञ्जाल। नआए पनि यो आयो भनेर एमालेका विरुद्ध हावाहुरी चलाएको छ । एमाले यसमा कहिँ कतै संलग्न छैन ।’

भ्रष्टाचार कहिले कसरी भएको विस्तारै खुल्दै जाने बताए । निवेदनको बाढी नै आउन थालेपछि थाप्न नसकेर अहिले बाहिर आएको जिकिर गरे ।

उनले भने, ‘मेरो नजिक भएका भनिका मान्छेहरुको नाम कसरी पोल्न लगाउने कसरी मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने ? पुलिसकहाँ कसैले बयानको क्रममा नाम उच्चारण गर्यो भने अखबारमा सँगसँगै कसरी पुग्छ । कहिलेकहिले अघिल्लो दिन अखबारमा आउँछ भोलिपल्ट बयानमा आउँछ। कस्तो तयारीका साथ ? मान्छेले सहि गर्न नमान्दा बयान रोकेर मान्छेलाई सही गराइएको छ ।’

सो प्रकरणमा मुख्य योजनाकार केशव दुलालले बयानका क्रममा ओलीको स्वकीय सचिव, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृहसचिव प्रेमकुमार राईलगायको नाम मििुछएपछि ओलीले आपत्ति जनाएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर