भारत अपराजित रहँदै काभा महिला भलिबलको फाइनलमा – Nepal Press

भारत अपराजित रहँदै काभा महिला भलिबलको फाइनलमा

काठमाडौं । उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत जारी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई हराएको भारतले अब उपाधिका लागि नेपाल र काजकिस्तानबीचको विजेता टिमसँग खेल्नेछ ।

पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको भारतले परतिस्पर्धात्मक दोस्रो सेटमा २५-२० ले उज्बेकिस्तानलाई पछि पार्यो । र, तेस्रो सेटमा २५-१५ को सहज जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।

समूह एको उपविजेताको हैसियतमा उज्वेकिस्तान सेमिफाइनल पुगेको थियो । यस्तै भारत समूह ए को बिजेताको रूपमा सेमिफाइनल पुगेको हो ।

पराजित उज्वेकिस्तानले अब तेस्रो स्थानका लागि नेपमल र भारतबीचको खेलमा पराजित टिमसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । जेठ ८ देखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहेको थियो । र, हरेक ४ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर