१६ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेकी विपना भन्छिन्- छोरा अब ठूलो भयो, निरन्तर काम गर्ने हो – Nepal Press

१६ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेकी विपना भन्छिन्- छोरा अब ठूलो भयो, निरन्तर काम गर्ने हो

काठमाडौं । विवाहपछि भारत बस्दै आएकी अभिनेत्री विपना थापा बिहीबार एक अवार्ड समारोहका लागि काठमाडौं आएकी छन् ।

त्रिभुवन विमानस्थलमा ओर्लिएकी थापाले सञ्चारकर्मीसँग अवार्ड समारोह सँगसँगै आफूले गर्न लागेको चलचित्रबारे बताएकी छन् । १६ वर्षपछि नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्वदीर्घ’बाट कमब्याक गर्न लागेकी थापाले अब भने निरन्तर अनि सक्रिय रहेर चलचित्रमा काम गर्ने बताइन् ।

‘म अब साँच्चिकै चलचित्र गर्ने हो । निताको चलचित्र साईन गरिसकेँ । ह्रस्वदीर्घ अगस्टदेखि सुटिङ हुँदैछ । एक-दुईवटा थप चलचित्रबाट अफर आइरहेको छ’, उनले भनिन्, ‘सुहाउँदो भूमिका पाएँ भने अरु चलचित्र पनि अवश्य गर्नेछु । अर्वाडको लागि आएकी छु । राम्रो-राम्रो म्युजिक भिडिओको अफर आयो भने त्यो पनि गर्छु ।’

‘छोरा ठूलो भइसक्यो । १३ वर्षको भइसक्यो । जिम्मेवारीहरु छन् तर बच्चा सानो हुँदा जस्तो गाह्रो हुँदैन । उ अब आफ्नो ख्याल आफैं गर्ने भइसकेको छ । त्यसैले अहिले म फ्रीजस्तै छु । अब फिल्ममा निरन्तर काम गर्ने हो’, उनले थपिन् ।

उनले नेपाल माइती देश भएकाले सधैँ माया लाग्ने बताइन् । पहिले एक वर्षको अन्तरालमा नेपाल आउने गरे पनि अब भने केही महिनाको अन्तर राखेर नेपाल आइरहने सुनाइन् ।

दशक अगाडिकी चर्चित अभिनेत्री थापा एक हप्ताको लागि काठमाडौं आएकी हुन् । अर्वाड समारोह सम्पन्न भएपछि पछि उनी पुनः भारत फर्किनेछिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *