ए डिभिजन क्लबहरुको गुनासो : एन्फा अव्यवस्थित भयो – Nepal Press

ए डिभिजन क्लबहरुको गुनासो : एन्फा अव्यवस्थित भयो

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगका ११ क्लबहरुले अखिल नेपाल फुटबल संघ(एन्फा) अव्यवस्थित भएको गुनासो गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै ए डिभिजन क्ल्बहरुले एन्फाले क्लबहरुसँग गरेको सम्झौताअनुसार २१औं चरणको खेलहरु सुरु हुँदा पनि एन्फाले काम नगरेको क्लबका पदाधिकारीहरुले बताए ।

तीन किस्ता गरेर लिगको तयारि खर्च एन्फाले क्लबहरुलाई ३२ लाख ५० हजार दिनु पर्नेमा पहिलो किस्ताको १५ लाख भन्दा नदिएको क्लबहरुको गुनासो छ ।

यस्तै, एन्फाले खेलाडीहरुको म्याच फी पनि पाँचौँ चरण सम्मको दिएको र त्यसपछि पटक पटक ज्ञापन पत्र बुझाउँदा एक हप्ताको भाका राखेको एन्फाले ४ महिना बित्दा पनि वास्ता नगरेको उनीहरुको गुनासो छ ।

त्यस्तै लिगमा मुख्य प्रायोजक ल्याउन नसक्नु एन्फा नेतृत्वको ठूलो कम्जोरि भएको ए डिभिजन लिग क्लब बताउँछन् । लिग सुरु हुनु अघि दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा हुने तीनै स्थानका खेलहरु प्रत्यक्ष प्रसारण गर्ने एन्फाले बताएको थियो ।

खेलाडी पलायनलाई मध्यनजर गर्दै पहिलो पटक डबल राउन्ड रोबिन पद्दतीमा ए डिभिजन लिग आयोजना गरिएको थियो । लिगमा सुरुका खेलहरु प्रत्यक्ष प्रसारण भएपनि दोस्रो लेगमा दशरथ रंगशालाका खेलहरु मात्रै प्रत्यक्ष प्रसारण भएका थिए ।

खेलाडीहरुलाई पैसा दिनुसाटो एन्फा कार्यसमिती आफ्ना पदाधिकारी रिझाउने, विदेश घुमाउने र कार्यसमितीमा कसरि बहुमत पुर्याउनेमै तल्लिन रहेको ए डिभिजन क्लबहरुले आरोप लगाएका छन् ।

यस्तै, आफुहरु नेपाली फुटबलको जिम्मेवार सरोकारवाला भएकाले जारी लिग नै रौक्ने आफ्नो कुनै योजना नरहेको बताए ।
एन्फा गम्भिर नभए पनि हामी नेपाली फुटबलको विकासको पक्षमा छौ, एन्फा पूर्वअध्यक्ष समेत रहेका हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङले भने, ‘लिगको समापन भएपछि पनि हामी एन्फाले रकम दिनेमा विश्वत छैनौ । लिग समाप्त भएपछि वैठक बसेर छलफल गछौं’ ।

पत्रकारसम्मेलनमा तीन विभागिय क्लब र जवलाखेल युथ क्लबबाहेकका १० क्लबको उपस्थिती थियो ।

त्यस्तै एन्फाका पूर्वमहासचिव समेत रहेका इन्द्रमान तुलाधरले एन्फाले आर्थिक समस्याका कारण एएफसी यु २३ छनोटमा सहभागिता नजाएको भन्दै नेपाली फुटबल समर्थकको आँखामा छारो हालेको बताए ।

‘नयाँ कार्यसमिति आउँदा फिफाबाट प्राप्त तीन लाख अमेरिकी डलर खातामा थियो । अहिले त्यसमा रकम थपिएको छ’, तुलाधारले भने, ‘एन्फाका पदाधिकारीहरुको विदेश भ्रमणमा आर्थिक अभाव नहुने तर प्रतियोगितामा सहभागी हुन आर्थिक अभाव हुने । जहाँसम्म म जानकार छु एन्फाले समयमा प्रतियोगिताका लागि नेपालको नाम दर्ता नगरेको हो । यो व्यवस्थापकिय कमजोरी हो । एन्फाले गल्ती स्विकार गर्नुपर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर