ओलीमाथि भ्रष्टाचारको आरोपपछि एमाले सांसदले गरे वेल घेराउ (तस्बिरहरू) – Nepal Press

ओलीमाथि भ्रष्टाचारको आरोपपछि एमाले सांसदले गरे वेल घेराउ (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदहरूले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसदमा विरोध जनाएको हो ।

माओवादी सांसद लेखनाथ दाहालले सांसदले ओली नेतृत्वको सरकारले पशुपतिनाथको मन्दिरको जलहरीमा सुन भनेर पित्तल लगाएको आरोप लगाएका थिए । त्यसको जवाफ सरकारले नदिएसम्म एमालेले सदन चल्न नदिने प्रमुख सचेतक पदम गिरीले अडान सुनाए ।

एमाले सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेट बैठक स्थगित गरेर छलफलमा बसेका छन्

यसैबीच, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद चल्न नदिने अडान राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर