बजेट पढ्दा अर्थमन्त्रीले अतिरिक्त सुविधा पाउँछन् ? – Nepal Press

बजेट पढ्दा अर्थमन्त्रीले अतिरिक्त सुविधा पाउँछन् ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट बनिरहेको छ । अब बजेट सार्वजनिक हुन ४ दिन मात्र बाँकी छ । नेपालको संविधानले बजेट सार्वजनिक गर्ने दिन जेठ १५ का लागि तोकेको छ ।

आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गर्नेछन् । बजेट भाषण गर्नु अर्थमन्त्रीको कर्तव्य हो । जो अर्थमन्त्री हुन्छ उसैले भाषण गर्ने परम्परा छ ।

२ घण्टा भन्दा बढी समय लगाएर बजेट पढ्ने अर्थमन्त्रीलाई के कस्तो सेवा सुविधा होला भन्ने चासो देखिएको छ । बजेट निर्माण गर्ने सहसचिवको टिमलाई अतिरिक्त भत्ताको व्यवस्था गरिएजस्तै संसदमै बजेट पढ्ने अर्थमन्त्रीलाई चाहिँ के होला भनेर उठ्ने चासोलाई सम्बोधन गर्ने प्रयास गरेका छौ ।

यस अघि दुईवटा बजेट पढिसकेका पूर्व अर्थमन्त्री विष्णु पौडेल बाहिर हल्ला भएजस्तो अर्थमन्त्रीले बजेट पढ्दा अतिरिक्त सेवा सुविधा नपाउने बताउँछन् ।

पौडेल भन्छन्, ‘मैले २ वटा बजेट पढे तर अत्तिरिक्त सेवा सुविधाको कुनै व्यवस्था थिएन । मन्त्रीको हैसियतले पाउने तलब भत्ता मात्र हो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर