कांग्रेसको प्रष्टीकरण- राख्नैपर्ने भएकाले सहमतिमै ‘कोशी’ नाम राखियो – Nepal Press

कांग्रेसको प्रष्टीकरण- राख्नैपर्ने भएकाले सहमतिमै ‘कोशी’ नाम राखियो

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले प्रदेश नामकरणको विषय वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।

विज्ञप्ति जारी गर्दै आन्दोलनरत प्रदेश नं १ नामांकन संघर्ष समितिलाई वार्तामा बोलाई उचित मागहरूलाई यथाशक्य सम्बोधन गर्नु ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकड गर्ने, कर्फ्यू लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न आग्रह गरिएको छ । विज्ञप्तिमा गर्दै परिस्थितिलाई शान्त बनाउँदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गरिएको छ ।

विज्ञप्तिमा आन्दोलनरत शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लङ्घन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गरेको छ ।

विज्ञप्तिमा अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालिन प्रदेश नं. १ ले नाम राख्नैपर्ने भएकाले साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरिएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर