बराक ओबामालगायत ५०० अमेरिकनलाई रुसमा प्रतिबन्ध – Nepal Press

बराक ओबामालगायत ५०० अमेरिकनलाई रुसमा प्रतिबन्ध

मस्को ।  रुसले संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा, टेलिभिजन होस्ट स्टीफन कोल्बर्ट र सीएनएनका एरिन बर्नेटलगायत ५०० अमेरिकनहरुलाई रसिया प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।

रुसले शुक्रवार गरेको घोषणा गरे अनुसार जो बाइडेन प्रशासनले लगाएको नियमित रुस विरोधी प्रतिबन्धको प्रतिक्रियामा ५०० अमेरिकीहरू माथि सो प्रतिबन्ध लगाइएको हो ।

‘अमेरिकाका कार्यकारी शक्तिका धेरै प्रमुख व्यक्तित्वहरूलाई देश प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ’, रुसी विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ ।

सिएनएनका अनुसार सो प्रतिबन्धको सूचीमा पूर्व राष्ट्रपति बाराका ओबामा, पूर्व अमेरिकी राजदूत जोन हन्ट्सम्यान, धेरैजसो अमेरिकी सिनेटरहरू, चार्ल्स क्यू ब्राउन जुनियरलगायत समावेश रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *