नेकपा एसका केन्द्रीय सचिव विश्वासीसहित दाङ जिल्ला कमिटीका नेताहरू एमालेमा फिर्ता – Nepal Press

नेकपा एसका केन्द्रीय सचिव विश्वासीसहित दाङ जिल्ला कमिटीका नेताहरू एमालेमा फिर्ता

मेटमणिसहित तीन जना मात्रै छुटे

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सचिव भागवत विश्वासी सहित दाङका नेताहरू एमालेमा फिर्ता भएका छन् ।

उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा पार्टी प्रवेश गराए ।

सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मी सहितका नेताहरू एमालेमा फर्किएका हुन् ।

जिल्ला कमिटीका अधिकांश सदस्य पनि एमालेमा फर्किएका छन् ।

दाङमा नेकपा एसका केन्द्रीय कमिटीका पोलिटब्यूरो सदस्य एवं प्रमुख सचेतक मेटमणि चौधरी, केन्द्रीय सदस्य अनारकली मियाँ र जोगबहादुर राना मात्रै समाजवादीमा रहने भएका छन् ।

पार्टी प्रवेशपछि विश्वासीले नेकपा एस कांग्रेस र माओवादीको पुच्छर बनेकाले आफूहरू एमालेमै फर्किएको बताए ।

पूर्व स्वास्थ्य राज्यमन्त्री केसीले नेकपा एस कम्युनिष्ट आन्दोलनको बाधक बनेको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर