नोटबन्दीको ७ वर्षपछि भारतले किन हटाउँदै छ चलनचल्तीबाट २ हजारको नोट ? – Nepal Press

नोटबन्दीको ७ वर्षपछि भारतले किन हटाउँदै छ चलनचल्तीबाट २ हजारको नोट ?

काठमाडौं । भारतीय रिजर्भ बैंकले २ हजार रुपैयाँ मूल्यका नोटहरु चलनचल्तबाट हटाउने निर्णय गरेको छ भने सोही निर्णय अनुरुप आम मानिसहरुलाई आगामी सेप्टेम्बर ३० सम्म २ हजारका नोटहरु फिर्ता गर्न अपिल समेत गरेको छ ।

उक्त नोटहरुको कानुनी वैधानिकता भने कायम रहने छ । सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।

नोटबन्दीको ७ वर्षपछि भारतले २ हजारको नोटलाई चलनचल्तीबाट हटाउने निर्णय लिएसँगै अनेकन टिप्पणीहरु सुरु भएका छन् । भारतीय रिजर्भ बैंकलाई उध्रदृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएअनुसार भारतमा जारी गरिएको नोट बन्दीका कारण सबै पाँच सय र हजार रुपैयाँका नोटहरूको कानूनी टेन्डर स्थिति फिर्ता भएसँगै अर्थतन्त्रको मुद्रा आवश्यकतालाई द्रुत रूपमा पूरा गर्ने उद्देश्यले त्यसबेला २ हजारको नोटलाई चलनमा ल्याइएको थियो ।

हाल उक्त उद्देश्य पुरा भएको हुँदा चलन चल्तीबाट ती नोट हटाउने निर्णय गरिएको हो । बैंकका अनुसार अन्य मूल्यका नोटहरू पर्याप्त मात्रामा उपलब्ध गराउँदै सन् २०१८/१९ मा नै दुई हजार रुपैयाँका नोट छाप्ने काम बन्द गरिएको थियो । हाल तिनीहरूको अनुमानित आयु पनि सकिन लागेको अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर