प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा स्मार्ट विद्यालय निर्माण गर्ने सरकारको घोषणा
नेपाल प्रेस
२०८० जेठ ५ गते १७:५७
काठमाडौं । सरकारले हरेक स्थानीय तमा कम्तिमा एउटा ‘स्मार्ट विद्यालय’ निर्माण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
हरेक स्थानीय तहमा कम्तिमा एउटा ‘स्मार्ट विद्यालय’ निर्माण गरि सूचना तथा प्रविधि मार्फत पठन पाठन गराइने उनले बताए ।
उनले भने,’विद्यार्थीको मुल्याकंनको राष्ट्रिय मापदण्ड तर्जुमा गरिने छ । ’ साथै उच्च स्तरिय शिक्षामा देखिएका समस्या समाधान गर्नका निमित्त उच्च स्तरिय शिक्षा आयोगको स्थापना गर्ने समेत घोषणा गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर