हाेटल व्यवसाय २४ घण्टा खुल्ला गर्नुपर्नेमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेकाे जाेड – Nepal Press

हाेटल व्यवसाय २४ घण्टा खुल्ला गर्नुपर्नेमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेकाे जाेड

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले हाेटल व्यवसाय २४ घण्टा खुल्ला गर्नुपर्नेमा जाेड दिएका छन् ।

उनले मंगलबार आयोजित ‘दि नेशनल बैंकिङ डिस्कोर्स २०२३’ मा बोल्दै पर्यटन क्षेत्रलाई टेवा दिन होटल व्यवसाय २४ सै घण्टा खुल्ला गर्नुपर्ने बताए । उनले व्यवसाय लामाे समय खुल्ला गर्दा १० बोतल बियर वा रक्सी बढि खाइने जसले सरकारलाई धेरै कर उठ्ने बताए ।

पर्यटनको मुख्य क्षेत्रका प्रख्यात स्थान पोखरा लेकसाइट, काठमाडौंको ठमेल र चितवनको सौराहमा २४ सै घण्टा होटल व्यवसाय खुल्ला गर्नुपर्ने उनकाे भनाइ छ ।

उनका अनुसार २४ सै घण्टा होटल सञ्चालन गर्दा व्यवसाय चल्ने, मजदुरले काम पाउने तथा धेरै क्षेत्रमा फाइदा पुग्ने गर्छ । उनी भन्छन्, ‘तपाईं चेम्बरमा बसेर हेर्नुस् कसले कहाँ गल्ति गर्छ, कहाँ गलत भैरहेको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर