रेशम चौधरीको मुद्दामा बहस सकियो, आजै फैसला सुनाउने तयारी – Nepal Press

रेशम चौधरीको मुद्दामा बहस सकियो, आजै फैसला सुनाउने तयारी

काठमाडौं । रेशम चौधरीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा तीन दिनदेखि जारी बहस सकिएको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको थियो ।

इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ । कैलालीको टीकापुरमा भएको घटनालाई लिएर जिल्ला र उच्च अदालतले चौधरीलाई दोषी ठहर गरेका थिए । यो मुद्दामा रेशमसहित अन्य प्रतिवादीहरु पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर