नेकपा एमाले निकट विद्यार्थी युवा संगठनले भ्रष्टचारविरुद्ध प्रदर्शन गर्दै – Nepal Press

नेकपा एमाले निकट विद्यार्थी युवा संगठनले भ्रष्टचारविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा–विद्यार्थी संगठनले आज भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन गर्ने भएका छन्।

अनेरास्ववियु तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट विद्यार्थी र युवा संगठनले आज प्रदर्शन गर्न लागेका हुन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा भिआइपीहरूलाई प्रहरीले समातिरहेको बेला एमाले निकट युवा र विद्यार्थी संगठनहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका साथ आज बिहान ११ बजे प्रदर्शन गर्न लागेका हुन्। सो प्रदर्शनी रत्न राज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गबाट सुरु हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर