आज सुनचाँदीको मूल्य यथावत् – Nepal Press

आज सुनचाँदीको मूल्य यथावत्

काठमाडौं । आज महिनाको अन्तिम र साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १० हजार आठ सय रुपैयाँमा स्थिर रहेको छ ।

अघिल्लो दिन शुक्रवार पनि प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन पनि एक लाख १० हजार २५० रुपैयाँमा नै यथावत् रहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार तिन सय रुपैयाँमा स्थिर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *