दलाई लामाका चार मुख्य विवाद: बच्चालाई जिब्रो चुम्बन गराउनेदेखि महिलाविरोधी अभिव्यक्तिसम्म – Nepal Press

दलाई लामाका चार मुख्य विवाद: बच्चालाई जिब्रो चुम्बन गराउनेदेखि महिलाविरोधी अभिव्यक्तिसम्म

काठमाडौं । सन् १९५९ बाट तिब्बतबाट भारतमा निर्वासित धर्मगुरु दलाई लामा लोकप्रिय छन् । सन् १९८९ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो । तेन्जिङ ग्यात्सो नामका यी १४औं दलाई लामाले शान्तिपूर्ण समाधानको पक्षमा काम गरेको भन्दै नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

नोबेल पुरस्कार पाएरमात्रै होइन, विभिन्न धार्मिक, सामाजिक तथा अन्य कार्यक्रमहरुमा आफ्नो उपस्थिति देखाएका दलाई लामासँग चीन रुष्ट छ । स्वतन्त्र तिब्बतको मागमा दलाई लामा जोडिने भएकाले ‘एक चीन’को पक्षमा रहेको चीनले दलाई लामाको राजनीतिक मुद्दालाई आलोचना गर्दै आएको छ । दलाई लामा सहभागी भएको कार्यक्रममा चिनियाँ अधिकारीहरु अनुपस्थित हुने गरेका छन् । यसको पछिल्लो उदाहरण गत अप्रिल २० र २१ मा भारतको नयाँ दिल्लीमा भएको विश्व बुद्धिस्ट सम्मेलनमा दलाई लामा आउने हल्ला चलेपछि चिनियाँ अधिकारीहरु अनुपस्थित भए ।

चीनमात्रै होइन, दलाई लामाका केही विवादहरुले उनी गैरचिनियाँ पक्षबीच पनि आलोचित छन् । ८७ वर्षका दलाई लामाका केही प्रमुख विवादहरुः

बच्चालाई जिब्रो चुम्बन गर्न दबाब

गत अप्रिल १० मा दलाई लामाको नकारात्मक चर्चा विश्वभर भयो । उनले एक बालकलाई जिब्रो दिएर चुम्बन गर्न जबरजस्ती गरेका थिए । त्यो भिडियो क्षणभरमा भाइरल भयो । भाइरल भएपछि दलाई लामाले माफी मागे । उनले बच्चा र परिवारसँग पनि माफी मागेका थिए । दलाई लामाले आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट माफी मागेका थिए ।

उनले बीबीसीको अन्तर्वार्तामा भविष्यमा महिला दलाई लामा हुने सम्भावना छ कि छैन वा हुँदा कस्तो हुनुपर्छ भन्ने प्रसंगमा दलाई लामाले महिला दलाई लामा ‘ज्यादै आकर्षक’ हुनुपर्ने बताएका थिए ।

महिला दलाइ लामा हुनु परे आकर्षक हुनुपर्छ भन्ने बीबीसीको अन्तर्वार्ता

सन् २०१९ मा पनि दलाई लामा विवादमा आए । उनले बीबीसीको अन्तर्वार्तामा भविष्यमा महिला दलाई लामा हुने सम्भावना छ कि छैन वा हुँदा कस्तो हुनुपर्छ भन्ने प्रसंगमा दलाई लामाले महिला दलाई लामा ‘ज्यादै आकर्षक’ हुनुपर्ने बताएका थिए । लामाले आकर्षक नभएमा धेरैले उनको अनुहार नहेर्ने अन्तर्वार्ता दिएका थिए । लामाको अन्तर्वार्ताको व्यापक आलोचना भयो । आलोचनापछि लामाले माफी मागेका थिए ।

डोनाल्ड ट्रम्प र जवाहरलाल नेहरुविरुद्ध राजनीतिक टिप्पणी

दलाई लामा धर्मगुरु हुन् । तर, उनको आयतन र अभिव्यक्ति धर्ममा मात्रै सीमित छैन । उनी राजनीतिक मुद्दामा पनि पटक पटक मुखर भएका छन् । चीनविरोधी त उनी पहिलेबाटै हुन् । घरीघरी उनले अरु राजनीतिज्ञका बारेमा पनि नकारात्मक टिप्पणी गरेका छन् । सन् २०१९ मा उनले ट्रम्पको ‘अमेरिका पहिलो’ मुद्दाको आलोचना गर्दै ट्रम्प र अमेरिकामा विश्वभरिको जिम्मेवारी भएको भन्दै अमेरिकामा मात्रै ध्यान दिएर नहुने टिप्पणी गरेका थिए ।

सन् २०१८ अगस्तमा अर्को राजनीतिक टिप्पणी गरेर विवादमा आएका थिए लामा । उनले महात्मा गान्धीले चाहे जस्तो मोहम्मद अलि जिन्नालाई स्वतन्त्र भारतको प्रधानमन्त्री बनाएको भए भारत र पाकिस्तान अलग हुनु नपर्ने तर्क गरेका थिए ।

सन् २०१८ अगस्तमा अर्को राजनीतिक टिप्पणी गरेर विवादमा आएका थिए लामा । उनले महात्मा गान्धीले चाहे जस्तो मोहम्मद अलि जिन्नालाई स्वतन्त्र भारतको प्रधानमन्त्री बनाएको भए भारत र पाकिस्तान अलग हुनु नपर्ने तर्क गरेका थिए । उनी त्यत्तिमै रोकिएनन् । जवाहरलाल नेहरुलाई आत्मकेन्द्रित मानसिकता भएकोसमेत भन्न भ्याए । यसको धेरै विरोध आएप्छि उनले माफी मागेका थिए । भारतीय मिडिया इन्डिया टुडेले लामाका विवादहरुको सूचीमा यी घटनाहरुसमेत उल्लेख गरेको छ ।

आप्रवासी भावनाविरोधी अभिव्यक्ति

सन् २०१९ मा सबैभन्दा धेरै विवादपूर्ण मन्तव्य दिएका थिए दलाई लामाले । त्यसमा एक थियो, आप्रवासी कामदारहरुबारेमा उनले दिएको अभिव्यक्ति । उनले युरोप युरोपेलीकै भएको भन्दै आप्रवासीहरुलाई ल्याउन आवश्यक नभएको तर्क गरेका थिए । युरोपमा शरणार्थी समस्या चुलीमा पुगेको समयमा लामाले यस्तो भनेका थिए । उनले स्वीडेनमा यो भनाइ दिएको बेलायती अखबार इन्डिपेन्डेन्टले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर