आफैँ उपस्थित भएर असार १५ सम्म सदस्यता नवीकरण गर्नुपर्ने एमालेको निर्णय

२०८० वैशाख ३० गते १६:५५

काठमाडौं । नेकपा एमालेले असार १५ गतेसम्ममा जिल्ला कमिटीले पार्टीको सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ।
तीन दिन पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकपछि प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पार्टी सदस्यता नवीकरण गर्दा भौतिक रूपमा उपस्थित हुनुपर्ने बताए।
जिल्ला कमिटीले नवीकरण गरिसकेपछि असार मसान्तसम्ममा प्रदेश कमिटीमा पठाउने बताए।
प्रतिक्रिया