दार्चुलाको महाकाली नदीमा बेवारिसे शव फेला – Nepal Press

दार्चुलाको महाकाली नदीमा बेवारिसे शव फेला

दार्चुला । दार्चुलामा बेवारिसे पुरुषको शव फेला परेको छ । महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीमा एक पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नाम थर नखुलेको अन्दाजी ३०/३५ वर्षको पुरुषको शव महाकाली नदीको बिचमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटेको प्रहरी टोलीले शव महाकाली नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको शव गृहमा राखिएको छ । शव  शनिवार बिहान भेटिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर