टेलिकमको सञ्चालन आय घट्दा आम्दानी बढ्यो


काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७९/८० को तृतीय त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।विवरण अनुसार टेलिकमको सञ्चालन आय ८७ करोड २९ लाख ६४ हजार रुपैयाँ अर्थात् ३.०९ प्रतिशतले घटेको छ ।
टेलिकमको कूल सञ्चालन आय चालू आर्थिक वर्षको चैत मसान्तसम्म २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार जबकी आर्थिकको सोही अवधिमा कम्पनीको कूल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रूपैयाँ रहेको थियो ।
त्यस्तै, चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद मुनाफा पनि घटेको छ । अघिल्लो आर्थिक वर्ष को तेस्रो त्रैमासिकसम्मको तुलनामा दुई करोड ३३ लाख ७१ हजार अर्थात ०.४३ प्रतिशतले मुनाफा घटेको हो । चालू आवको चैत मसान्तसम्म कम्पनीको खुद नाफा पाँच अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ मात्र रहेको छ ।
टेलिकमको आम्दानी भने बढेको छ । कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा ६७ करोड १८ लाख ३५ हजार अर्थात २.०६ प्रतिशतले आम्दनी बढाएको छ । तेस्रो त्रैमासिक सकिँदा कम्पनीले ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रूपैयाँ आम्दानी गरेको छ । सोही अवधिमा कम्पनीले ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रूपैयाँ आम्दानी गरेको थियो ।
।
त्यसैगरी, कम्पनीले डेटा सेवाको प्रयोगमा वृद्धि भएको कम्पनीले जनाएको छ ,जीएसएम डेटातर्फ साढे ७७ करोड रूपैयाँ वृद्धि भएको र वित्तीय आम्दानी करिब एक अर्ब ७३ करोड ९९ लाख रूपैयाँले वृद्धि भएको छ ।