प्रेस युनियन संखुवासभामा नयाँ नेतृत्व, दीपेन्द्र शाक्य बने अध्यक्ष – Nepal Press

प्रेस युनियन संखुवासभामा नयाँ नेतृत्व, दीपेन्द्र शाक्य बने अध्यक्ष

संखुवासभा । नेपाल प्रेस युनियन सङ्खुवासभा अध्यक्षमा दीपेन्द्र शाक्य सर्वसम्मत चयन भएका छन् । चौथो जिल्ला अधिवेशनबाट शाक्यको नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको हो ।

युनियनको उपाध्यक्ष नवीन गुरुङ र दुर्गामणि पौडेल (समावेशी) सचिव ध्यान बहादुर राई, सहसचिव प्रजिना शाक्य, कोषाध्यक्ष मोहन कुमार राई चयन भएका छन् । सदस्यमा सविता कार्की, कविता कोइराला, नविनकला जैरु, होमबहादुर राई, राजमान राई, खेवाहाङ्ग राई, अंकिता घिमिरे, सुरेन शाक्य र नेत्र विनोद काफ्ले चुनिएका छन् ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस जिल्ला सभापति दीपक खड्काको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै खड्काले पत्रकारिता सम्भावना भन्दा बढी चुनौती भएको क्षेत्रको रूपमा देखिएको बताए । सूचनाको भरमा मात्र पत्रकारिता नगर्न आग्रह गर्दै खोज र अनुसन्धानमा लाग्न आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *