प्रधानमन्त्रीद्वारा फोहोर व्यवस्थापनदेखि डेंगु नियन्त्रणबारे छलफल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकको फोहोर मैलाको दिगो व्यवस्थापन, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन लगायको बिषयमा छलफल थालेका छन् ।
सिंहदरबार डेंगु नियन्त्रण लगायतको बिषयमा छलफल गर्नका लागि सरोकारवाला निकायहरुसँग छलफल गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, संघीय मामिला मन्त्री अमनलाल मोदी, शहरी विकास मन्त्री सिता गुरुङ मन्त्री सहभागी छन् ।
यस्तै, ल्याण्डफिल्ड साइट प्रभाविति क्षेत्रका संघ प्रदेश र स्थानीय निकायका जनप्रतिधिहरु तथा बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभाविति सहजीकरण समितका सदस्यहरु सहभागी छन् ।