दलाई लामाका दूतमार्फत माओवादी नेताहरुले अमेरिकी सम्पर्क बढाएको खुलासा – Nepal Press

दलाई लामाका दूतमार्फत माओवादी नेताहरुले अमेरिकी सम्पर्क बढाएको खुलासा

काठमाडौं । एक चीन नीतिमा प्रतिबद्ध भएको देखाउने माओवादी नेताहरुले तिब्बती धर्मगुरु दलाई लामाका दूतसँग भेटघाट गरेको खुलासा भएको छ । खासगरी तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई र अहिलेसम्म पनि माओवादीमै रहेका नेता वर्षमान पुनले लामाका दूत भेटेर अमेरिकी सम्पर्क बढाएको खुलासा भएको हो ।

अमेरिकाको कोलम्बिया युनिभर्सिटी प्रेसले प्रकाशन गरेको निर्वासित तिब्बती धर्मगुरु दलाई लामाका दूत भएर लामो काम गरेका तिब्बती नेता लोदी ग्याल्जेल ग्यारीको संस्मरणमा उक्त कुरा उल्लेख भएको पाइएको छ ।

दलाई लामाज स्पेसियल इन्भोए अर्थात दलाई लामाका विशेष दूत नामको किताबमा माओवादी नेता वर्षमान पुनले माओवादी शान्ति प्रक्रियामा आएपछि सन् २००८ मा अमेरिकी पासपोर्ट मिलाइदिन ग्यारीलाई सोर्स लाएको उल्लेख गरिएको छ ।

यस्तै प्रचण्ड नेतृत्वको माओवादीको पहिलो सरकारमा अर्थमन्त्री रहेका डा. बाबुराम भट्टराईले पनि ग्यारीलाई सोर्स लाएर तत्कालीन अमेरिकी विदेश सचिव जोन केरीसँग भेट्ने व्यवस्था मिलाउन आग्रह गरेको उल्लेख पुस्तकमा छ ।

यो प्रसङ्ग आएसँगै एक चीन नीति भन्ने र दलाई लामा टीमसँग हिमचिम गर्न अनिच्छुक माओवादी नेताले भित्रभित्रै लामा टीमसँग उठबस गरेको खुलेको छ ।

नेपाल चीन सम्बन्धबारेको पुस्तक ‘अल रोड्स लिड नर्थ’ का लेखक अमिसराज मुल्मीले पनि पुन र भट्टराईले दलाई लामालाई भेटेको कुरामा सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालमा जत्तिकै एक चीन नीति भने पनि अन्तर्राष्ट्रिय रूपमा उनीहरुलाई तिब्बती सहयोग चाइयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *