भ्रष्टाचार अभियोगमा सुर्खेतका सहायक जिल्ला वन अधिकृतमाथि मुद्दा दायर, साढे ७२ लाख जरिवाना माग


सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय, सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीमाथि ७२ लाख ५२ हजार ४८० सय ५९ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएकाे हाे ।
मिश्रले २०३६ सालमा सेवामा प्रवेश गरेदेखि २०७० सालको अवधिमा ९६ लाख ६८ हजार ५७ जम्मा खर्च तथा लगानी र व्यय तर्फ १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ घटाउँदा ७२ लाख ५२ हजार ४८० रुपैया रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीे पदमा बहाल रहँदा गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत नमिल्दो उच्च जीवनयापन गरेको भन्ने उजुरीबारे अनुसन्धान गर्दा सहायक वन अधिकृत मिश्रले ७२ लाख ५२ हजार ४८० रुपैयाँ ५९ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको अख्तियारले जनाएको छ ।
उनमाथि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसूरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि भन्दै मिश्रलाई उक्त रकम आयोगले बिगो दाबी गरेको छ ।
यस्तो छ आरोप पत्रः