एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२३ सम्पन्न


काठमाडौं । एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२३ सम्पन्न गरेको छ ।
बुधबार ‘कलर नेक्स्ट २०२३’ मा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स ‘एसओएनए’ र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल ‘आइडीइए’ लगायतका संस्थाबाट आर्किटेक्ट र इन्टेरियर डिजाइनरको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको कम्पनीको भनाइ छ ।
कार्यक्रमका सहभागीले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति ट्रेन्डहरू पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाका साथै अनुसन्धानमार्फत ६ महिना अनुसन्धान गर्नुपर्ने रहेको कम्पनीले बताएको छ ।