अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन नेसपाको खबरदारी – Nepal Press

अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन नेसपाको खबरदारी

आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ विदेशमा मानव तस्करी गर्नु निकृष्टतम अपराध : नेसपा

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरा भट्टराईले आफ्नै देशका नागरिकलाई अनारिक बनाएर विदेशमा मानव तस्करी गर्न राज्यकै उच्च तहका पदाधिकारीहरुले राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध रहेको बताएका छन् ।

आज प्रेस वक्तव्य जारी गर्दै डा. भट्टराईले यो कार्यको जति भर्त्सना गरे पनि थोरै हुने जनाएका छन् । ‘आफ्नै देशको नागरिकलाई अनागरिक वनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो, भट्टराईले भनेका छन्, ‘यसको जति भत्र्सना गरे पनि थोरै हुन्छ ।’

हालसम्म नेपाल प्रहरीले गरेको तादरुकतालाई उनले प्रशंसा पनि गरेका छन् । अनुसन्धानलाई निष्पक्ष ढंगले छिटो अगाडि बढाएर तार्किक निष्कर्षमा पुर्याउन पनि उनले माग गरेका छन् । कुनै पनि बहानामा निर्दोषलाई नफसाउन पनि नेसपाले सरकारलाई खबरदारी गरेको छ । ‘कुनै पनि वहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ’, वक्तव्यमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर