प्रवासी नेपाली मञ्च ईजरायल अध्यक्षमा गीता सुवेदी निर्विरोध चयन – Nepal Press

प्रवासी नेपाली मञ्च ईजरायल अध्यक्षमा गीता सुवेदी निर्विरोध चयन

काठमाडौं । प्रवासी नेपाली मंच इजरायलको अध्यक्षमा गीता सुवेदी निर्विरोध चयन भएकी छन् ।

नेकपा (एमाले) प्रवास संगठन प्रवासी मञ्च इजरायलको मे १० तारिखमा सम्पन्न विशेष अधिवेशनबाट सुवेदीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्ष शिवराज खड्का, सचिव रमेश जोशी, उपसचिवद्वय इन्दिरा कटुवाल अलि महमद मिया चयन भए ।

सदस्यहरुमा रश्मि राई ,गोमा उप्रेती ,नवराज ओली, कविता श्रेष्ठ ,जानू जिसी, पबित्रा भण्डारी, सीता कोइराला, पासिमा शेर्पा, चित्र कार्की, कल्याण जोशी, लेखनाथ कार्की, केशव खनाल, बिजय पाठक, पबित्रा गौतम, सीता खड्का, सरस्वती गिरी, मन्जु भुजेल, निर्मला बुढाथोकी र शान्ता गुरुङ रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराईले नयाँ कार्यसमितिलाई थप मजबुत पार्दै निति नियम र विधानलाई अनुशरण गर्दै अगाडी बढ्न आग्रह गरे ।

उनले आफ्नो काम कर्तव्य प्रती सचेत रहँदै प्रवासमा रहेका नेपालीको हक,हित र समस्यामा कार्यसमितिले नेतृत्वदायी भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

विशिष्ट अतिथी अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष सन्जय थापा प्रवासी मंच प्रवासमा रहने सबै नेपालीहरुको आशा र भरोसाको केन्द्र रहेको बताउँदै कार्यसमितिलाई अझ क्रियाशील बनाउन आग्रह गरे ।

निवर्तमान अध्यक्ष ज्योती शर्मा अन्तर्राष्ट्रिय कमिटीको सदस्यमा निर्वाचित भएपछि विशेष अधिबेशनबाट गरिएको सचिव रमेश जोशीले जानकारी दिए ।

नयाँ कार्यसमितिलाई अन्तर्राष्ट्रिय कमिटीका सचीव तथा संगठन बिभाग प्रमुख हेम शेर्पाले सपथ ग्रहण गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर