अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा ४५ प्रतिशतसम्मको छुट

२०८० वैशाख २८ गते १३:०२

काठमाडौं । अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा ४५ प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने भएको छ ।
बुधवार सनराइज बैंकले काठमाडौँ विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको क्रेडिट, डेबिट कार्ड, क्यू आर वा मोबाइल बैंकिङ्ग मार्फत हेल्थकेयरका विभिन्न सेवा तथा उपचार सुविधामा ४५ प्रतिशत सम्मको छुट पाउन सक्ने जनाइएको छ ।
सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका हुन ।
प्रतिक्रिया
सम्बन्धित खवर