अमेरिकी डलरसँगै घट्यो युरोको पनि भाउ – Nepal Press

अमेरिकी डलरसँगै घट्यो युरोको पनि भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  अमेरिकी डलर बिहीबार ९ पैसाले घटेको हो । अघिल्लो दिन अर्थात् बुधवार डलर ३९ पैसाले बढेको थियो।

बिहीबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको छ । यसअघि बुधवार खरिद मूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले बुधवार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४५ पैसाले घटेको हो । यसअघि बुधवार युरोको खरिद मूल्य १४३ रुपैयाँ ८१ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो ।

त्यस्तै, बिहीबार पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६५ रुपैयाँ ११ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ ८६ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १७ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल बिहीबार एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर बिहीबार ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३६ पैसा र बिक्रीमा २९ रुपैयाँ ४९ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर