आगामी असारमा विधान महाधिवेशन गर्ने जसपाको निर्णय – Nepal Press

आगामी असारमा विधान महाधिवेशन गर्ने जसपाको निर्णय

शरणार्थी प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्न माग

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी असार ९ देखि ११ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

जसपाले नक्कली भुटानी शरणार्थी सम्बन्धी सम्बन्धमा स्वतन्त्र तथा निष्पक्ष रूपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।

यसैगरी, संसदबाट दुईपटकसम्म पारित भइसकेको नागरिकता सम्बन्धी विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न पनि सरकारसमक्ष माग गरेको छ ।

प्रदेश १ को नामाकरणविरुद्व जारी आन्दोलनमा दमन बन्द गरी पुनः नामकरणका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले जसपाको राजनीतिक समितिमा रामकिशोर यादव (बारा)लाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर