खाणमाथि अनुसन्धान परिपक्व होस्, अनि मात्र निर्णय हुन्छ- कांग्रेस प्रवक्ता


काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठकले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको विषयमा कुनै निर्णय लिएन । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आजको वैठक भ्रातृ संगठन र विभाग गठनको विषयमा केन्द्रित रहेको बताए ।
बैठकपछि पत्रकारले खाणको विषयमा के निर्णय भयो भनि सोधेका थियो । डा. महतले अहिले अनुसन्धानकै क्रममा भएकाले कांग्रेसले हतार नगर्ने बताए ।
‘टोपबहादुर रायमाझी त पूर्जी काटिएपछि फरार हुनुभयो । बालकृष्णजी त्यसरी भाग्नुभएको छैन । आफंैंले अनुसन्धानमा सहयोग गर्नुभएको छ । अनुसन्धान परिपक्व होस, अनि पार्टीले निर्णय गर्छ’, उनले भने ।
अनुसन्धान परिपक्व नभइकन अहिले नै निष्कर्षमा पुगेर पार्टीले दोषी करार नगर्ने डा. महतले बताए ।