खाण पक्राउको समाचारले भारतीय मिडिया भरिभराउ – Nepal Press

खाण पक्राउको समाचारले भारतीय मिडिया भरिभराउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको समाचार भारतीय मिडियामा प्राथमिकताका साथ आएको छ ।

दक्षिणी भारतबाट प्रकाशित भारतको प्रसिद्ध अङ्ग्रेजी अखबार दि हिन्दु, भारतको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसियन न्यूज इन्टरनेशनल (एएनआई)देखि भारतीय विश्व च्यानल विओनसम्मले यो समाचार कभर गरेका छन् ।

द हिन्दुले नक्कली भुटानी शरणार्थी मुद्दाको गिरोह खोज्दा खाण जोडिएको पाइएपछि पक्राउ भएको लेखेको छ । एएनआईले पूर्वप्रहरी प्रमुख विज्ञानराज शर्माले खाणको दबाबकै कारण नक्कली शरणार्थी मुद्दामा दुई जना छोड्नुपरेको कुरा समेटेर त्यसो हुनुमा खाणको सहभागिता भएको उल्लेख गरेको छ ।

यस्तै विओनले नेपालका उच्च ओहोदाका नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा परेपछि नेपालका छिमेकीहरु भारत र चीन तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *