अर्थमन्त्रीको दाबी- अर्थतन्त्र धराशयी भएको छैन, आर्थिक वृद्धि पोजेटिभ छ – Nepal Press

अर्थमन्त्रीको दाबी- अर्थतन्त्र धराशयी भएको छैन, आर्थिक वृद्धि पोजेटिभ छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र धराशयी नभएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेको प्रश्नलाई जवाफ दिँदै उनले अर्थतन्त्र ओरालो नलागेको जिकिर गरे ।

उनले भने, ‘अर्थतन्त्र धरासायी भइसक्यो । खत्तम भइसक्यो त्यस्तो होइन । ओरालो लागेको पनि होइन । छिटो छिटो उकालो चढ्नुपर्नेमा विस्तारै विस्तारै चढिरहेको छ । अहिले पनि आर्थिक वृद्धि पोजेटिभ नै छ । हामीले भनेको जस्तो छैन । पहिलो भन्दा बढेको छ। ओरालो लागेको होइन उकालो मै छ । जुन रफ्तारमा बढ्नुपर्ने थियो त्यो हुन नसकेको मैले स्वीकार गरेको छु ।’

उनले अहिले देखिएको समस्यालाई स्वीकार गरेर अघि बढे सही ठाउँमा पुग्न सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर