म्याद थपका लागि बालकृष्ण खाणलाई अदालत लगियो

२०८० वैशाख २७ गते १६:०६

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि काठमाडाैं जिल्ला अदालत लगिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि अदालत लगिएको छ ।
उनलाई हतकडी नलगाईकनै अदालत लगिएको हो ।
उनीहरूलाई मेडिकल गरी सरकारी वकिल कार्यालयबाट आवश्यक प्रक्रिया अपनाएर अदालतमा म्याद थपको लागि पेश गरिनेछ ।
चाबहिलस्थित मैजुबहालबाट खाणलाई बुधवार बिहान प्रहरीले समातेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर