नेप्सेमा झिनो अंकको गिरावट, ह्वात्तै घट्यो कारोबार रकम – Nepal Press

नेप्सेमा झिनो अंकको गिरावट, ह्वात्तै घट्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले घटेको छ ।

आज नेप्से परिसूचक २.४३ को झिनो अंकले घटेर १८४१.९३ बिन्दुमा कायम भएको छ ।

१९ लाख ४२ हजार ६२६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५८ करोड ९१ लाख ७७ रुपैयाँको कारोबार भएको छ । अघिल्ला कारोबारहरुको तुलनामा कारोबार रकम भने ह्वात्तै घटेको छ ।

कारोबारका आधामा आज सर्वाधिक नाफा कमाउनेतर्फ हिमाल दोलखा हाइड्रोपावर र बाराहि हाइड्रोपावर रहेका छन् । सर्वाधिक घाटामा एनसीसी डेबेन्चर २०८६ र मन्दकिनी हाइड्रोपावर रहेका छन् ।

त्यसैगरी, उपसमूहतर्फ भने पाँचवटा समूह बाहेक बाँकी सात समूहको सेयर मुल्य घटेको छ ।

बुधबार बजार पूँजीकरण भने २६ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर