महासंघको पुँजी बजार फोरम सभापतिमा शैलेन्द्र गुरागाई मनोनित – Nepal Press

महासंघको पुँजी बजार फोरम सभापतिमा शैलेन्द्र गुरागाई मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिमा केन्द्रीय सदस्य शैलेन्द्र गुरागाई मनोनित भएका छन् ।

केन्द्रिय समितिको बैठकले दिएको म्याण्डेट अनुसार अध्यक्ष चन्द्र ढकालले महासंघको पुँजी बजार फोरमको सभापतिमा गुरागाईलाई मनोनयन गरेका हुन् ।
महासंघको हालै सम्पन्न साधारण सभामा भएको निर्वाचनबाट गुरागाई केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर