अपडेट : अर्घाखाँचीमा आगो निभाउँदा घाइते भएका ४ जनाको मृत्यु – Nepal Press

अपडेट : अर्घाखाँचीमा आगो निभाउँदा घाइते भएका ४ जनाको मृत्यु

रुपन्देही । मङ्गलवार अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ।

मङ्गलवार दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको भूमिस्थान नगरपालिका–२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए।

घाइतेमध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं ल्याउँदै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा निधन भएको उनले बताए।

मृत्यु हुनेमा ७२ वर्षीय पीताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासेको गएराति १० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको कीर्तिपुर अस्पतालमा बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अस्मिता बेल्बासे मिसन अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले ४ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *