अमेरिकी डलरको भाउ बढ्दा युरोको घट्यो – Nepal Press

अमेरिकी डलरको भाउ बढ्दा युरोको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर बुधवार ३९ पैसाले बढेको हो । अघिल्लो दिन अर्थात् मङ्गलवार डलरमा झिनो गिरावट आएको थियो । मङ्गलवार डलरको भाउ एक पैसाले घटेको थियो ।

बुधवार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको छ । यसअघि मङ्गलवार खरिद मूल्य १३० रुपैयाँ ५८ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ १८ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले बुधवार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४६ पैसाले घटेको हो । यसअघि मङ्गलवार युरोको खरिद मूल्य १४४ रुपैयाँ २६ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ९२ पैसा कायम गरिएको थियो ।

त्यस्तै, बुधवार पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६५ रुपैयाँ २८ पैसा र बिक्री मूल्य १६६ रुपैयाँ ४ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३३ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल बुधवार एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर बुधवार ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा पाइन्छ।

बुधवार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ एक पैसा तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *