कास्कीमा म्याद नाघेको १४ लाख मूल्य बराबरको बियर बरामद – Nepal Press

कास्कीमा म्याद नाघेको १४ लाख मूल्य बराबरको बियर बरामद

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको एक कम्पनीबाट करिब १४ लाख बराबरको बियर बरामद गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा अनुगमन टोलीले पोखरा महानगरपालिका ५, पर्याङका रहेको लाभाज इन्टरप्राइजबाट म्याद नाघेको १३ लाख ९८ हजार ५३० मुख्य बराबरको बडबाइजर बियर बरामद गरेको हो ।

‘सरकारी टोलीले बियर सेलवयज कम्पनीले दिएको रहेछ, हामी सेलवयज कम्पनीमा पुग्यौं, त्यसपछि उक्त कम्पनीले बाट लिएको भने, यहाँ आइसकेपछि एकजना कर्मचारीलाई सोध्दा उहाँले हामीले नलैजा भन्दाभन्दै लगेको भन्नुभयो,’ सहायक प्रजिअले ढकालले भने, ‘म्याद नाघेको ननाघेको सामान हेरियो, ६५० मिलिमिटरको ३१३ कार्टुन र ३३० मिलिमिटरको ६ कार्टुनको २९४५० बियर म्याद नाघेको भेटिएको हो ।’

बरामद गरिएको बियर आवश्यक प्रक्रिया पूरा गरेर बियर नष्ट गरिने सहायक प्रजिअ ढकालले बताए । ‘नगरपालिकाको गाडीमार्फत सुरक्षा समितिको नियन्त्रणमा राख्छौं, भोलि आम सञ्चारकर्मी साथीहरु, सरोकारवाला निकायसँगको छलफलपछि नष्ट गर्छौं,’ उनले भने, ‘जहाँ पाए त्यहीँ नष्ट गर्ने कुरा पनि भएन, जहाँ उपयुक्त हुन्छ त्यहिँ लगेर नष्ट गर्छाैं ।’

म्याद गुज्रिएको बियर नष्ट गर्ने प्रक्रियामा रहेको लाभाज इन्टरप्राइज एक प्रतिनिधिले बताए । ‘म्याद नाघेको बियर कम्पनी मार्फत नै नष्ट गर्ने प्रक्रियामा थियौं’, उनले भने, ‘कम्पनी मार्फत गएकाले ढिला भएको हो, अनुगमन टोलीले बरामद गरेपछि छिटो नष्ट हुने भयो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर