अखिल क्रान्तिकारीको खबरदारी- भ्रष्टहरु जो सुकै हुन् तत्काल कारबाही गरियोस् – Nepal Press

अखिल क्रान्तिकारीको खबरदारी- भ्रष्टहरु जो सुकै हुन् तत्काल कारबाही गरियोस्

‘घटनामा संलग्नमाथि सम्बन्धित पार्टीले तत्काल निलम्बन गरी छानबिनमा सहयोग गर्नुपर्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्रोही समूहले सरकारलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्न जोकोहीलाई कुनै पनि बहानामा कारबाही प्रक्रिया नरोक्न खबरदारी गरेको छ ।

संयाेजक पवन कार्कीले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यमा संलग्न व्यक्तिहरू जुनसुकै पार्टी वा संगठनमा आबद्ध भए पनि सम्बन्धित पार्टी वा संगठनले तत्काल निलम्बन गरी सरकारको छानबिन प्रक्रियामा सहजीकरण गर्नका निम्ति सम्बन्धित संघ, संगठन र पार्टीहरुलाई अपील गरेका छन् ।

‘यस्तो गंभीर प्रकारको भ्रष्ट र ठगी प्रकरणमा संलग्न भएका जुनसुकै तह र तप्काका जो सुकै व्यक्ति माथि निर्धक्क भएर निर्मम रुपमा छानबिन गरी कारवाही गर्न जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले कुनै पनि हालतमा भ्रष्ट र दलालहरुलाई कारवाही गर्ने प्रक्रिया नरोकियोस् भनी निरन्तर खवरदारी जारी राख्नेछौं । साथै राज्यकोष दुरुपयोग र जनता ठग्ने काण्डका सबै फाइलहरु खोलेर जोसुकै भ्रष्ट दलालहरुलाई कारवाही गर्न सरकार समक्ष हार्दिक अपील गर्दछौँ ।’

घटनामा सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण, आजू देउवा राणा एवम् प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायामाझीमाथि अनुसन्धान गर्न सम्बन्धित दलले सहयोग गर्नुपर्ने क्रान्तिकारीले माग गरेको हो ।


प्रतिक्रिया

One thought on “अखिल क्रान्तिकारीको खबरदारी- भ्रष्टहरु जो सुकै हुन् तत्काल कारबाही गरियोस्

  1. सबैभन्दा ठूलो भ्रष्ट त क्यान्टोनमेण्टको पैसा खाने, सिसिटिभि फुटेज लुकाएर राजश्व मार्ने तिम्रै नेता छन् नि । लुटेको पैसाको हिस्सा पाएको भए बेग्लै नत्र ती भ्रष्टाचारीको फाईल खोल भन अनि पत्याउँला । अहिले पनि देउवाको निर्देशनमा मुख्य दोषी खाँड, मन्जु आरजुलाई नपक्रने तिम्रै प्रचण्ड हुन् । धाक लगाउने ? यो देशका सबैभन्दा बढी लुटेरा माओवादी नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर