अमेरिकी राजदूत भेटेको तस्बिर हाल्दै चिनियाँ राजदूतको ट्विट- नेपालको विकासमा सघाउने छलफल भयो


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालका लागि अमेरिकी राजदूत डीन आर थोम्सनलाई भेटेका छन् । आज भेट भएपछि राजदूत सोङले ट्विट गरेका छन् ।
ट्विटमा राजदूत सोङले लेखेका छन्, ‘महामहिम राजदूत डिन आर थोम्सनलाई भेट्दा खुशी लागेको छ । नेपालको विकासमा कसरी सहयोग गर्नेबारेमा हामीले नोट्सको तुलना गर्यौं ।’
चीन र अमेरिकाको नेपालमा भूराजनीतिक प्रतिस्पर्धा बढेर राम्रो सम्बन्ध नभएको अनुमान भएको बेला दुई राजदूतको हार्दिक भेटले सकारात्मक सन्देश दिएको छ ।
Happy to meet with H.E. Ambassador Dean R. Thompson @USAmbNepal . We compared notes on how to help Nepal to develop. pic.twitter.com/hNnrI6xfeL
— Ambassador Chen Song (@PRCAmbNepal) May 9, 2023