नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई प्रक्राउ गरेको हो ।

उनीहरु दुवैले बिचौलियाका रुपमा काम गरेका थिए ।

शरणार्थी प्रकरणमा यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परिसकेका छन् ।

यस्तै, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परिसकेका छन् ।

एमाले सांसद समेत रहेका रायमाझी भने अहिले फरार छन् । यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू राणासमेतको नाम जोडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर