सहसचिव रेवतीरमण पौडेल सचिवमा बढुवा – Nepal Press

सहसचिव रेवतीरमण पौडेल सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव रेवतीरमण पौडेललाई सचिवमा बढुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुुवा गर्ने निर्णय गरेको हो ।

वन तथा वातावरण मन्त्रालयको कायममुकायम सचिवको जिम्मेवारीमा रहेका कृषि वन सेवा सेवातर्फका सहसचिव पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले पौडेललाई सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।

तीनमहिना अघि बसेको बैठकले पौडेललाई वन तथा वातावरण मन्त्रालयको कामु सचिवको जिम्मेवारी दिएको थियो । प्राविधिकतर्फ पौडेल सबैभन्दा वरिष्ठ सहसचिव थिए ।

योग्यता क्रममा विवाद हुँदा अदालतमा मुद्दा परेको थियो । जसले गर्दा प्राविधिकतर्फको नियमित सचिव बढुवासमेत रोकिएको थियो । तत्कालीन सचिव प्रेमनारायण कँडेल अनिवार्य अवकाशमा गएसँगै वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *