नेकपा एससँग पार्टी एकता गर्न वामदेव सकारात्मक, माधवसहित शीर्ष नेताहरुसँग गरे छलफल – Nepal Press

नेकपा एससँग पार्टी एकता गर्न वामदेव सकारात्मक, माधवसहित शीर्ष नेताहरुसँग गरे छलफल

काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्न तयारी थालेका छन् । नेता गौतमले नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

नेकपा एस र नेता गौतमको पार्टीबीच एकताको विषयमा छलफल भएको नेता जीवनराम श्रेष्ठले बताए ।

उनले भने, ‘पार्टी एकताको विषयमा छलफल गर्न आउनुभएको थियो । आजको छलफल सकारात्मक रुपमा अघि बढेको छ । हामी छिट्टै टुंग्याउँछौं ।’

यसअघि पनि वामदेव गौतम नेकपा एसमा आउन तयार नै हुनुहुन्थ्यो । किन रोकियो भन्ने नेपाल प्रेसको जिज्ञासामा नेता श्रेष्ठले भने, ‘पहिला प्राविधिक कारणले रोकिएको हो । अहिले हामी निरन्तर छलफलमा छौं । अहिले एकताको लागि दुवैतर्फ तयार छौं ।’

छलफल चलिरहेकाले कहिलेसम्म औपचारिक सहमति हुन्छ भन्ने भन्न नसकिने उनको भनाइ छ । ‘वार्ता सकारात्मक रुपमा अगाडि बढेकाले अहिल्यै मिति तोक्न त सक्दैनौं । तर, केही समयमै टुंग्याउनेगरी जुटेका छौं’, उनले थपे ।

नेता गौतमसँगको छलफलमा नेकपा एसका अध्यक्ष नेपालसहित महासचिव घनश्याम भुसाल, नेताद्वय जीवनराम श्रेष्ठ र गंगालाल तुलाधर सहभागी थिए ।

एमाले परित्याग गरेर कम्युनिष्ट पार्टी एकता अभियान चलाएका गौतम अहिले आफैंले पार्टी गठन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर