‘भ्रष्टाचारमा कर्मचारी-ठेकेदार र नेता मिल्छन्, कर्मचारीले ३ प्रतिशत साइनिङ मनि लिन्छन्’ (भिडिओ) – Nepal Press

‘भ्रष्टाचारमा कर्मचारी-ठेकेदार र नेता मिल्छन्, कर्मचारीले ३ प्रतिशत साइनिङ मनि लिन्छन्’ (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन् ।

मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिबद्धताहरू माग गरे । कर्मचारीले साइनिङ मनिको रूपमा ३ प्रतिशतसम्म लिने गरेको भन्दै दाहालले त्यस्ता कामहरु रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनि लिने । सुरूमा साइन गर्दा २/३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेशनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने । यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन । यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ । तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन् ।’

राष्ट्रियसभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर