अमेरिकी डलरमा झिनो गिरावट हुँदा युरोको भाउ बढ्यो – Nepal Press

अमेरिकी डलरमा झिनो गिरावट हुँदा युरोको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ  । अमेरिकी डलरमा झिनो गिरावट आएको छ । यसअघि आइतबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको डलरको भाउ मङ्गलवार एक पैसाले घटेको छ ।

मङ्गलवार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसामा कारोबार भएको छ । यसअघि सोमबार खरिद मूल्य १३० रुपैयाँ ५९ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ १९ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले मङ्गलवार युरोपियन युरोको एकको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३६ पैसाले बढी हो । यसअघि सोमबार युरोको खरिद मूल्य १४३ रुपैयाँ ९० पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ५६ पैसा कायम गरिएको थियो ।

त्यस्तै, मङ्गलवार पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६५ रुपैयाँ ३७ पैसा र बिक्री मूल्य १६६ रुपैयाँ १३ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८९ रुपैयाँ १० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल मङ्गलवार एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९० पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर मङ्गलवार ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा पाइन्छ।

मङ्गलवार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ९५ पैसा तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर