नक्कली शरणार्थी प्रकरणमा लौरोको खबरदारी- निष्पक्ष छानबिन गर्न खुट्टा नकमाइयोस्


काठमाडौं । हाम्रो नेपाली पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न खुट्टा नकमाउन सरकारलाई खबरदारी गरेको छ ।
पार्टीका प्रवक्ता ई. डिल्लीश्वोर कार्की (रोहन)ले विज्ञप्ति जारी गर्दै सरकारलाई खरबदारी गरेका हुन् । जनताले निर्वाचित गराएर पठाएका सांसदहरु, पूर्वमन्त्री, तिनका सहयोगी तथा परिवारका सदस्यहरु र सरकारका उच्च कर्मचारीहरु नेपालीलाई भुटानी शरणार्थी बनाई प्रतिव्यक्ति १० देखि ५० लाखसम्म उठाइ अमेरिका पठाउने अरबौको भ्रष्टाचार काण्डमा मुछिएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘अरबौको भष्ट्राचार भएको तथा देशका नागरिकलाइ पिडित बनाउने यस खाले अपराधमा सङ्लग्न हरुलाइ कार्बाहिको दायरामा ल्याउन दृढता पुर्वक लागेकोमा नेपाल प्रहरी, गृहमन्त्री र सरकारलाई धन्यबाद सहित यस घटनालाई निश्पक्ष छानबिन गरि निस्कर्षमा पुर्याउन्जेल खुट्टा नकमाउन अनुरोध गर्दछौ’, विज्ञप्तिमा भनिएको छ ।
पार्टीले अन्य पहिलेका घटनाहरु जस्तै बीचमै मिलाएर सामसुम त पारिँदैन भन्नेबारे पार्टीले आशंका व्यक्त गर्दै निष्पक्ष छानबिन र संलग्नलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेको हो ।
यस्तो छ विज्ञप्तिः