पुनः घट्यो नेप्से, कारोबार ८२ करोडमा सीमित – Nepal Press

पुनः घट्यो नेप्से, कारोबार ८२ करोडमा सीमित

काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सोमबार १६.९३ अंकले घटेको बजारमा कारोबार रकम भने हिजोको तुलनामा बढेको छ ।

अघिल्लो दिनमात्रै १९.१२ अंकले घटेको बजारमा आज ८२ करोड ४२ लाख १७ हजार एक रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सबै उपसमूह रातम्मे भएका छन् ।

कारोबारका आधारमा सबैभन्दा बढी नाफा कमाउनेमा वइन नेपाल लघुवित्त वित्तीय संस्था, आत्मनिभर लघुवित्त वित्तीय संस्था, एनआईबीएल ग्रोथ फण्ड र नेपाल एसबीआई बैंक डेबेन्चर २०८३ रहेका छन् ।

त्यस्तै सर्वाधिक गुमाउनेमा इस्ट्रन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र बलेपी हाइड्रोपावर रहेका छन् ।

सोमबार बजार पूँजीकरण भने २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर