ढाकाकुमारको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा – Nepal Press

ढाकाकुमारको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिट आज सुनुवाइ हुँदै छ। श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिटको न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ।

व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहेने गरी निष्कासन गरेको थियो।

उनले आफूलाई फसाउन षड्यन्त्र भएको भन्दै अदालतबाट क्लिन चिट लिएर आउने दाबी गर्दै रिट दायर गरेका थिए।
रास्वपाले गरेको कारबाही सदर गर्दै सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको संसदमा जानकारी गराइसकेका छन्। उनले रिट न्यायाधीश श्रेष्ठको अन्तिम नम्बरमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर